एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेललाई क्यान्सर, मेदान्त अस्पतालमा उपचार जारी

डिसी नेपाल
२ साउन २०८३ १७:२९

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ। नेता पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्।

नेता पोखरेलका अनुसार मिराको भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा क्यान्सरको उपचार भइरहेको छ। उनले मिरालाई कुन प्रकारको क्यान्सर भएको हो भन्नेबारे भने खुलाएका छैनन्।

उपचारको सिलसिलामा आफू पनि अस्पतालमै खटिनुपरेकाले केही समययता स्वदेशका राजनीतिक गतिविधिहरूमा सक्रिय हुन नसकेको उनले बताएका छन्। उनले भनेका छन्, ‘श्रीमतीको उपचार प्रक्रिया अझै जारी रहने भएकाले मेरो उपस्थिति र गतिविधिहरू केही समय प्रभावित रहने जानकारी गराउँछु।’

साथै, उनले प्रतिकूल परिस्थितिमा पनि सम्पर्क गर्ने, स्वास्थ्य लाभको कामना गर्ने तथा प्रत्यक्ष भेट्न आउने आफन्त र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। मिरा पोखरेल पूर्व संविधानसभा सदस्यसमेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *