कोसी नदीमा बहाव उच्च : २८ वटा ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
३ साउन २०८३ १८:३७

सप्तरी । निरन्तरको वर्षासँगै कोसी नदीमा पानीको बहाव उच्च बिन्दुमा पुगेको छ। बहाव बढेर २ लाख क्युसेक नाघेपछि कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ।

आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक मापन गरिएको पानीको बहाव दिउँसो ४ बजेसम्म आइपुग्दा २ लाख ९ हजार ८४० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दिउँसो ३ बजेसम्म यो बहाव १ लाख ९० हजार ३९० क्युसेक थियो।

बहाव खतराको तह नजिक पुगेपछि प्रशासनले कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार अवस्था थप जटिल बन्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा नदी किनारतर्फ नजान स्थानीय प्रशासनले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *