अविरल वर्षापछि माइतीघर डुबानमा, सवारी र पैदलयात्रीलाई सास्ती (तस्बिरहरू)

डिसी नेपाल
३ साउन २०८३ १९:३८

काठमाडौं । आइतबार दिउँसो परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको छ।

सडकमा पानी जम्दा साना तथा ठूला सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको थियो। पैदलयात्रीहरू पनि पानी छल्दै जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य भएका थिए।

यसैबीच, ट्राफिक प्रहरीहरू भने सडकमाथि झोलिएको विद्युत तथा सञ्चारका तार व्यवस्थापन गर्न व्यस्त देखिएका छन्। अविरल वर्षासँगै राजधानीका अन्य केही स्थानमा पनि सडकमा पानी जमेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *