संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै, प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तको उजुरीमाथि छलफल हुने
काठमाडौं। संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा तय गरिएको उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूविरुद्ध परेका उजुरीबारे छलफल हुनेछ। साथै, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना समिति सदस्यहरूलाई वितरण गर्ने सम्भावित कार्यसूची रहेको छ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो। सोही बैठकले निर्वाचन आयुक्त पदका लागि डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।
संवैधानिक प्रावधानअनुसार, संवैधानिक परिषद्ले सिफारिस गरेका नामहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment