हर्क साम्पाङको जनकपुर आगमनको विरोध: जानकी मन्दिरअगाडि हिन्दुवादी संगठनहरूको प्रदर्शन

डिसी नेपाल
५ साउन २०८३ १२:०७

जनकपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि आउने भएपछि स्थानीय हिन्दुवादी संघसंस्थाहरूले विरोध प्रदर्शन गरेका छन्।

विभिन्न कार्यक्रमहरूमा सहभागी हुन जनकपुरधाम आइपुग्न लागेका साम्पाङको आगमनलाई लिएर प्रदर्शनकारीहरूले जानकी मन्दिरअगाडि भेला भई उहाँविरुद्ध नाराबाजी गरिरहेका छन्।

क्रिश्चियन धर्म मान्ने व्यक्तिलाई हिन्दुहरूको पवित्र आस्थाको केन्द्र मानिने जानकी मन्दिरभित्र प्रवेश गर्न नदिने भन्दै हिन्दुवादी संघसंस्थाहरूले कडा आपत्ति जनाएका हुन्।

प्रदर्शनका क्रममा केहीबेर अघि मन्दिर परिसरभित्र प्रवेश गर्न खोजेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूलाई प्रदर्शनकारीहरूले धपाएका थिए।

स्थिति असहज बन्न नदिन र शान्ति सुरक्षा कायम राख्नका लागि अहिले जानकी मन्दिरको बाहिर तथा परिसरभित्र ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र प्रहरी परिचालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *