बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार : एमाले, नेकपा र राप्रपाका मन्त्रीहरूले लिए शपथ
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले, सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ६ जनालाई मन्त्रीमा नियुक्त गरेका छन्।
नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। यसअघि उनी वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा थिए। मुख्यमन्त्री थापालाई चयन गर्न प्रभावकारी भूमिका खेलेका दोलखाका केसी पुनः मन्त्री बनेका छन्।
त्यस्तै एमालेकै ज्ञानबहादुर तामाङलाई बिनाविभागीय मन्त्री बनाइएको छ भने नेकपासँगको भागबण्डा टुंगिएपछि उनको जिम्मेवारी तोकिने बताइएको छ। उता, नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। नेकपाले दुई मन्त्रालय पाएकोमा अर्को मन्त्री भने पछि नियुक्त हुनेछन्।
यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्। बागमतीमा कुल ८ वटा मन्त्रालय रहने व्यवस्था रहेको र बाँकी मन्त्रालयहरूमा समेत छिट्टै नियुक्ति हुने जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment