भोटेकोशी बाढीपीडितको राहतका लागि एभरेस्ट बैंकद्वारा ३ करोड ११ लाखभन्दा बढी सहयोग

डिसी नेपाल
१७ भदौ २०८३ १४:३०

काठमाडौं। एभरेस्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नगद तथा अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीका तर्फबाट सङ्कलित ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरी नगद सहयोग उपलब्ध गराएको छ

नगद सहयोगका अतिरिक्त एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा सङ्कलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघ-संस्था तथा सम्पूर्ण सहयोगी हातहरूप्रति बैंकले आभार व्यक्त गरेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *