‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक: समीक्षा अधिकारी र मानस राजको स्वर
काठमाडौं। गायिका समीक्षा अधिकारी र गायक मानस राजको सहकार्यमा नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ। कृष्णाष्टमीको अवसर पारेर गायक मानस राजकै युट्युब च्यानलमार्फत उक्त गीत शुक्रबार बजारमा ल्याइएको हो।
डा. कृष्णहरि बरालको शब्द र मानस राजकै संगीत रहेको यस गीतमा नरेन्द्र वियोगीको एरेन्ज तथा मिक्सिङ छ। अस्ट्रेलियाको मेलबर्नका विभिन्न रमणीय स्थानहरूमा व्यावसायिक रूपमा छायांकन गरिएको भिडियोलाई नेपअसले तयार गरेको हो।

सायद श्रेष्ठको निर्देशन तथा नृत्य निर्देशन रहेको भिडियोमा पूजा क्षेत्री, सायद श्रेष्ठ, गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का लगायतका कलाकारहरूसँगै बाल कलाकारहरू प्रारम्भ गुरुङ र सन्सा खत्रीको अभिनय छ। निर्देशक श्रेष्ठले यस्ता गीतले डायस्पोरामा रहेका नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र भेषभूषासँग जोड्न मद्दत पुर्याउने बताएका छन्।
पहिलोपटक तीज गीत तयार गरेका गायक तथा संगीतकार मानस राजका अनुसार गीतको अडियो र भिडियो दुवैले पर्वको उल्लास र संस्कृतिलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। जीवन रसाइलीको छायांकन र दिन्सन शाहको सम्पादन रहेको यस भिडियोका निर्माता प्रदीप दाहाल र प्रस्तुतकर्ता अन्जन घिमिरे हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment