काठमाडौंमा २४ घण्टामा १ हजारभन्दा बढी चालक कारबाहीमा, तीव्र गति र मापसे गर्ने धेरै

डिसी नेपाल
२८ भदौ २०८३ ६:५२

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ११ जना सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

जाँचका क्रममा तीव्र गतिमा सवारी चलाउने १४२ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी हाट्ने १११ जना चालक पक्राउ परेका छन्। त्यसैगरी, रातोबत्ती उल्लङ्घन गर्ने १०१ जना र सीसीटीभी फुटेजका आधारमा ८५ जना चालकलाई कारबाही गरिएको छ।

हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३६ जना, लेन अनुशासन उल्लंघन गर्ने ३० जना, सवारी साधनको यान्त्रिक अवस्था ठिक नराखी चलाउने २६ जना र एकतर्फी (वान-वे) सडकमा सवारी मोड्ने ६ जना चालक पनि कारबाहीमा परेका छन्।

अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ४६६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक जाँचमा कडा पारिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *