विमानस्थलमा प्रहरीले रोकेपछि दुर्गा प्रसाईंले निवासमै गरे पत्रकार सम्मेलन
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका छन्।
सोमबार झापाबाट काठमाडौं फर्किएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेका थिए। तर, सुरक्षाको कारण देखाउँदै प्रहरीले विमानस्थलमा पत्रकार सम्मेलन गर्न रोक लगाएपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो। त्यसक्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच धकेलाधकेलसमेत भएको थियो।
विमानस्थलमा आयोजना गर्न नदिएपछि प्रसाईंले भक्तपुरस्थित निवास पुगेर पत्रकार सम्मेलन सम्पन्न गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment