संस्कृति संरक्षणमा कर्पोरेट सहकार्य: इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम आयोजना
काठमाडौं। काठमाडौं उपत्यकाको ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वलाई उजागर गरिएको थियो। साथै, युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्न विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन गरी उत्सवको रौनक बढाइएको थियो। कार्यक्रममा स्थानीय संस्कृति, कला र परम्पराको संरक्षण एवम् प्रवर्द्धनमा विशेष जोड दिइएको थियो।

एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जानकारी दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment