नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार

डिसी नेपाल
२० असोज २०८३ १५:५८

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५९ कम्पनिका ८९ लाख ५५ हजार २३० कित्ता शेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मा कारोबार भएको थियो। आज माइक्रोफाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.११ प्रतिशतले बढेको छ भने सालपा विकास बैंकको शेयर ३.७७ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सर्वोत्तम पेन्टसको शेयर ४.९४ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २३ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको १३ करोड ९१ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *