गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता

डिसी नेपाल
५ कार्तिक २०८३ १४:४०
24
Shares

काठमाडौं। मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता भएका छन्।

मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी दुई पर्वतारोही बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्।

काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए। उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेको गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको प्रहरीले जानकारी दिएको छ।

७४५५ मिटर अग्लो उक्त हिमालमा आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएको बताइएको छ। बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरुको खोजी गरिएको र खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले हाल पनि खोजी कार्य जारी रहेको बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *