बायर्न म्युनिखका प्रशिक्षक कोम्पनी प्रशिक्षणका क्रममा बेहोस

डिसी नेपाल
७ कार्तिक २०८३ ८:४३

काठमाडौं। बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी प्रशिक्षणका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन्।

४० वर्षीय कोम्पानी शुक्रबार क्लबको दोस्रो टोलीको अभ्यास हेर्ने क्रममा अचानक ढलेका थिए। उनी केही दिनदेखि भाइरल सङ्क्रमणबाट अस्वस्थ थिए। त्यसकै कारण उनले आर्सनलविरुद्धको च्याम्पियन्स लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा समेत भाग लिएका थिएनन्।

जर्मन सञ्चारमाध्यमका अनुसार कोम्पनीको अवस्था स्थिर छ। अस्पतालमा उनको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ र चिकित्सकको निगरानीमा रहनेछन्।

बायर्नका खेल निर्देशक म्याक्स एबरलले कोम्पानीको स्वास्थ्य क्लबको पहिलो प्राथमिकता भएको बताएका छन्। उनको अनुपस्थितिमा प्रशिक्षक टोलीले अभ्यास तथा खेलसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ।

बायर्नले आइतबार जर्मन लिगअन्तर्गत फ्राइबर्गसँग खेल्दैछ। कोम्पनीले सन् २०२४ मा बायर्नको जिम्मेवारी सम्हालेका थिए र उनको प्रशिक्षणमा क्लबले पछिल्ला दुई सिजन जर्मन लिगको उपाधि जितेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *