शिशिर भण्डारीको नयाँ गीत ‘बेईमानी पाराको…’ सार्वजनिक [भिडियो]
काठमाडौं। कलाकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक गरिएको छ। थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेका शिशिरले शुक्रबार ‘बेईमानी पाराको’बोलको गीत सार्वजनिक गरेका हुन्।
शिशिर भण्डारी इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीत शिशिरकै ‘नयाँ नयाँ न्यूज नेपाल’ युट्युब च्यानलमा सार्वजनिक छ।
मेख खड्का र रेखा पौडेलको आवाज रहेको गीतको शब्द गोविन्दप्रसाद उपाध्यायले कोरेका हुन्। भने गीतमा रेखा पौडेलको संगीत छ।
गीतको भिडियोमा शिशिर भण्डारीले नृत्य गरेका छन्।

उनीसंगै अशिष्मा नकर्मी, सारिका घिमिरे, ईन्द्र रामजाली, गोविन्द श्रेष्ठ, शर्मीला भट्ट, सफल जिसी, कुश थापा लगायतको नृत्य हेर्न सकिन्छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन्। भुपेन चौधरीले भिडियोको सम्पादन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment