दर्जन कलाकारले गाए ‘कहिले आउँछ पालो सरकार ?’, गीतमा सिमा अतिक्रमणदेखि पूर्वपश्चिम रेलका कुरा

डिसी नेपाल
२४ मंसिर २०७६ १५:४०
12
Shares

काठमाडौं। नेपाल–भारत सिमा अतिक्रमणको विवाद कायम छ। सत्तावाहिर हुँदा ठूला–ठूला आश्वासन बाँड्ने नेताहरु सत्तामा पुगेपछि आश्वासन भुलेको गुनासो आईरहन्छन्।

सडक जीर्ण छन्, जताततै धुलोधुवा छ। खेती गर्ने जमिन बाँझिएको छ। युवाहरु देशमा रोजगारीको अवसर नदेखेर खाडी पसेका छन्।

पूर्वपश्चिम रेल गुड्ने, आफ्नै देशको पेट्रोल हाल्ने नेपालीको ठूलो सपना छ। समृद्ध नेपाली, सुखी नेपाली नारामै सिमित छ। नेपाली जनताका समस्या र पीडा कति छन् कति।

देशको यस्तै समसामयिक परिस्थितीलाई टिपेर केही दिनअघि ‘कहिले आउँछ पालो सरकार ?’बोलको गीत सार्वजनिक गरिएको छ। १२ मिनेट लामो गीतलाई धेरैले राम्रो भनेका छन्।
अविरल बि.सी.ले यो गीत कोरेका हुन् भने गीतमा खेम सेञ्चुरीले संगीत भरेका छन्।

गीतमा एक दर्जन कलाकारले आवाज दिएका छन्। गीतमा सम्झना भण्डारी, जानकी तारामी मगर, नरेश खाती, खेम सेञ्चुरी, मेक्सम खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम, शशी नेपाल, अविरल बि.सी., सरुको स्वर छ।

यीनै कलाकारहरुलाई देखाईएको गीतको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन्।

विरेन्द्र भट्टले छायांकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ।

हेर्नुहोस् भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *