नेपालले सागमा जित्यो ५१ स्वर्ण, (खेल र खेलाडीसहित)

डिसी नेपाल
२४ मंसिर २०७६ २२:५५

काठमाडौं। मंगलबार सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितमा नेपालले ५१ स्वर्ण पदक जितेको छ। नेपाल प्रतियोगितामा दोस्रो भएको छ। नेपालका लागि सबैभन्दा धेरै स्वर्ण तेक्वान्दोका खेलाडीले जितेका छन्। तेक्वान्दोमा नेपालले १२ स्वर्ण पदक हात पारेको छ। त्यसपछि करातेमा नेपालले ९ स्वर्ण जित्यो। यस्तै उसमा ६ स्वर्ण जित्न सफल भयो।

यस्तै साईकिलिंग र पौडीमा ४–४ स्वर्ण जितेको नेपालले एथलेटिक्समा ३ स्वर्ण स्वर्ण जितेको छ। बक्सिंगमा पनि नेपालले ३ स्वर्ण पदक जितेको छ।

नेपालले स्वर्ण जितेका खेल र खेलाडीः

तेक्वान्दो – १२

गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते – ९

मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)

उसु – ६

विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी)
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

जुडो – २

देविका खड्का (महिला ४५ केजी जुडो)

पुनम श्रेष्ठ (महिला ७८ केजी)

साइकलिङ – ४

निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर महिला क्रस कन्ट्रि)

पौडी –४

गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

गौरिका सिंह (महिला ४०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला १०० मिटर फ्रिस्टाइल)

एथलेटिक्स – ३

सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

गोपी चन्द पार्की (पुरुष ५००० मिटर)

किरण सिंह बोगटी (म्याराथन)

बक्सिङ– ३

भूपेन्द्र थापा मगर (पुरुष ६४ केजी)
मिनु गुरुङ (महिला ५४ केजी)

सनिल शाही (पुरुष ६० केजी)

ट्रायथलन – १

सोनिका गुरुङ (महिला)

दुवाथोलन– १

हिमाल टमाटा

भारोत्तोलन– २

सन्जु चौधरी (महिला ५९ केजी)

विकास थापा (८९ केजी समूह)

कुस्ती– १

संगिता धामी (महिला ५५ केजी)

गल्फ– २

सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)

पुरुष फुटबल १




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *