विरुष्काको विवाह गरेको दुई वर्ष पूरा, प्रेमको परिभाषा नै बद्ल्दिए

डिसी नेपाल
२६ मंसिर २०७६ ८:४४

मुम्बई। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले विवाह गरेको दुई वर्ष पूरा भएको छ। यो जोडीले ११ डिसेम्बर २०१७ मा इटलीमा विवाह गरेका थिए। दोस्रो एनिभर्सरीमा दुवै जनाले आफ्नो विवाहको फोटो शेयर गरेर आफ्नो मनको कुरा लेखेका छन्। विरुष्काको यो पोस्टमा प्रेमको फरक परिभाषा गरिएको छ।

अनुष्काले आफ्नो विवाहको फोटो शेयर गर्दै लेखेकी छन्–कुनै दोस्रो व्यक्तिलाई प्रेम गर्नु भगवानको अनुहार हेर्नु जस्तै हो–विक्टर ह्यूगो। प्रेमका विषयमा कुरा के मात्रै हो भने यो एउटा भावना मात्रै होइन, यो भावना भन्दा पनि धेरै माथिको कुरा हो। प्रेम मार्गदर्शक, प्रेरक र पूर्ण सत्यको मार्ग हो। म भाग्यमानी रहेछु मैले सही अर्थमा कसैलाई पाएकी छु।’

विराटले पनि अनुष्का र आफ्नो फोटो शेयर गर्दै लेखेका छन्– वास्तवमा केवल प्रेम मात्र छ, अरु केही पनि छैन। जब भगवानले तपाइँलाई ती व्यक्तिलाई आर्शीवादको रुपमा पठाउँछन्। जसको तपाईँलाई दैनिक अनुभव हुन्छ। तपाईँसँग मात्र एउटा भावना हुन्छ। अभार।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *