धर्मेन्द्रको ‘गुलाबको फूल’ सार्वजनिक [भिडियोसहित]
काठमाडौं। गायक धर्मेन्द्र सेवनले नयाँ गीत सार्वजनिक गरेका छन्। बिहीबार आफ्नै युट्युब च्यानलबाट उनले ‘गुलाबको फूल’ बोलको गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्रकै रहेको छ।
आफूले प्रेमिल भावमा यस गीतलाई तयार गरेको धर्मेन्द्रले बताउँछन्। उनले भने, ‘यहाँ पुरुषले आफूलाई महिलाको श्रृगारसँग तुलना गरेर आफ्नो प्रेमलाई प्रष्फुटित गरेको छ ।’ आफूले एक्लै गितार बजाएर तयार गरेको गीतलाई दर्शक–श्रोताले रुचाउने भएका कारण सोही जनरमा यस गीतलाई तयार पारेको धर्मेन्द्रले बताए।
गीतको भिडियोमा पनि धर्मेन्द्र आफैँ देखिएका छन्। भिडियोमा धर्मेन्द्रसँगै सोफिया घलेलाई पनि देखाइएको छ। भिडियोलाई निर्देशक तथा छायांकन सुरज दर्लामी मगरले गरेका छन्।
भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment