मिस वर्ल्डमा अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड
काठमाडौं। ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले लन्डनमा जारी मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी छिन्।
सामाजिक सन्जाल मार्फत अनुष्काले भोटिङका आधारमा हुने मल्टिमिडिया अवार्ड आफुले जितेको जानकारी दिएकी हुन्।
यही १४ डिसेम्बेर १४ अर्थात आउँदो शनिवार ‘मिस वर्ल्ड’ को फाइनल हुदैछ। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीतमा नेपालको प्रतिनिधित्व अनुस्काले गरिरहेकी छिन्। अनुष्काले हेड टू हेडमा समेत जित हात पार्दै टप ४० मा स्थान पक्का पारिसकेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment