सागमा पदक जित्ने खेलाडीलाई नगर परिक्रमा

डिसी नेपाल
२७ मंसिर २०७६ १६:०६

काठमाडौं। नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराइएको छ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गराए।

खेल पदकधारी खेलाडीहरुलाई काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गराउने कार्यतालिका रहे पनि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए।

उपाध्यक्ष तिमल्सिनाका अनुसार राखेपको परिसरबाट शुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रममा गराइएको थियो।

उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपेको बताए। उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न खेलाडी, उनीहरुका अभिभावकको ठुलो सहयोग रहेको बताए।

मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *