आज यो स्थानीय तहमा सार्वजनिक विदा

डिसी नेपाल
२९ मंसिर २०७६ ८:३५

काठमाडौं । धनुषामा शनिबार राति भएको विस्फोटमा ठूलो क्षति भएका कारण सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्द हुने भएका छन्।

उक्त घटनामा परि प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान गएको छ। जिल्लामा भएको ठूलो घटनाका कारण उत्पन्न शोसकका कारण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको विद्यालय संरक्षण समितिले जनाएको छ।

समितिले शनिबार एक विज्ञप्ती जारी गर्दै धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्द हुने जनाएको हो।

धनुषाको सिद्धेश्वरनाथ नगरपालिका– ५ मा प्रहरी निरीक्षक अमीर दाहालसहित तीन जनाको ज्यान जाने गरी गएराति भएको बसम विसस्फोसट भएको थियो।

स्थानीय राजेश साहको शौचालमा रहेको बम विसस्फोट हुँदा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक दाहालको निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *