२ चलचित्रकर्मीको निधनमा प्रधानमन्त्रीले भने- ‘उहाँहरूको कला सधै हाम्रो स्मृतिमा रहनेछ’

डिसी नेपाल
३० मंसिर २०७६ १०:२०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्विट गर्दै दुई चलचित्रकर्मीप्रति समवेदना व्यक्त गरेका हुन्। ओलीले दुई कलाकारहरुको कला सधै स्मृतिमा रहिरहने उल्लेख गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, –‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,।’

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको गएराति निधन भएको हो भने कलाकार क्षेत्रीको गत शनिबार सुतिरहेको अवस्थामा निधन भएको थियो। दुवै चलचित्रकर्मीको सोमबार  दाहसंस्कार गरिँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *