नारायण गोपालको स्मृतिमा सांगीतिक कार्यक्रम
काठमाडौं। क्यानाडाको टोरन्टो (स्कार्बोरो) मा स्वर सम्राट नारायण गोपालको स्मृतिमा सांगीतिक कार्यक्रम गरिएको छ। यसै साता भएको कार्यक्रममा गायक तथा संगितकार मुरारी गुरागाईंले आफ्नो एकल प्रस्तुति दिएका थिए।
७ माइन्डस् इन्क, क्यानाडाले आयोजना गरेको कार्यक्रममा क्यानाडाका विभिन्न शहरमा बस्ने संगितकर्मीको उल्लेख्य उपस्थिति थियो। शास्त्रीय तथा आधुनिक शैलीका गीत गाउन रुचाउने गायक गुरागाईंले नारायण गोपालका १७ भन्दा बढी गीतहरु गाएका थिए। उनले ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘बैनीको दया छ भने’ जस्ता डान्सिङ नम्बरका गीत गाउँदा दर्शकहरूले नाँचेर साथ दिएका थिए। आधुनिक गायनमा दखल राख्ने गायक मुरारीले केही महिनाअघि सार्वजनिक गरेको गीत ‘अकेला दुकेला’ अहिले निकै चर्चामा छ।
मुरारीले ‘गल्ती हजार हुन्छन’ गीत गाउँदा दर्शकबाट पनि उस्तै वाहवाही पाएका थिए। कार्यक्रममा मिङ्मार शेर्पा, रविन्द्र घिमिरे, रमेश कार्की, सिरिन गुरागाईं, सरु गुरागाईंले पनि आप्mनो प्रस्तुति दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment