‘एदुमे’ र आयुष्माको अभिनयमा ‘ओइ सानी’

डिसी नेपाल
१ पुष २०७६ १२:१८
8
Shares

काठमाडौं। गायक टेक बहादुर अधिकारीको नयाँ मौलिक लोकदोहोरी गीत सार्वजनिक गरिएको हो। अधिकारीको ‘ओइ सानी’बोलको गीत सार्वजनिक भएको हो।

एक्सन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको गीतको भिडियो अहिले युट्युब ट्रेण्डिङमा समेत पर्न सफल भएको छ। गीतमा गायक अधिकारीलाई गायिका सृजना खत्री ‘हाउडेमाया’ले साथ दिएकी छिन्।

गीतमा चाडपर्व, जात्रा, पूजाआजा तथा  बिहे वर्तवन्धमा गाउँघरमा हुने दोहोरी घम्साघम्सिलाई दर्साइएको छ।

गीतको भिडियोमा हास्य सिरियल सक्किगोनीका एदुमे अर्थात सुबोध गौतमले अभिनय गरेका छन्। यो उनको पहिलो म्युजिक भिडियो भएको बताईएको छ।
भिडियोमा उनका उनका साथमा आयुष्मा कार्कीको अभिनय छ।

गायक अधिकारीकै शब्द, रेशम प्रधानको लय तथा एरेन्ज रहेको यस गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *