फिल्म रिलीजको दुई दिन अगाडि सलमान खानको यस्तो निर्णय

डिसी नेपाल
३ पुष २०७६ १२:२७

मुम्बई। हिन्दू साधूलाई पृष्ठभूमि डान्सरको रुपमा प्रस्तुत गरेको गीत ‘हुड हुड दबंग’ अब फिल्ममा देख्न नपाइने भएको छ। सलमान खान प्रोडक्शनले आफ्नो ट्विटर ह्याण्डलबाट १८ डिसेम्बरमा ट्विट गर्दै यसको जानकारी दिएको हो। फिल्म दबंग–३ २० डिसेम्बरमा रिलीज हुँदैछ। उक्त सीन हटाउने निर्णय फिल्म रिलीज हुनु भन्दा दुई दिन पहिला गरिएको हो।

सलमान खान फिल्मले ट्विटमा लेखेको छ–सबैको भावनलाई ध्यानमा राख्दै हामीले स्वेच्छाले हुड हुड दबंग गीतबाट केही दृष्य हटाएका छौं।’ फिल्म दबंग–३ को निर्देशन प्रभुदेवाले गरेका छन्। फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा, सई मांजरेकर, किच्चा सुदीप र प्रमोद खन्नालगायतले अभियन गरेका छन्।

फिल्मको गीतप्रति हिन्दु जनजागृति समितिले फिल्मको टाइटल गीत हुड हुड दबंगमा साधुको रुपमा डान्स गर्ने कलाकारप्रति आपत्ति जनाएको थियो। समितिका महाराष्ट्र र झारखण्डका अध्यक्ष सुनील घनवतले गीतको कोरियोग्राफीमाथि नै प्रश्न उठाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *