चिसो बढेसंगै राजविराजका विद्यालय तीन दिनका लागि बन्द गरियो

डिसी नेपाल
५ पुष २०७६ १४:३३
4
Shares

सप्तरी। सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ।

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ।

तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिए।

विगत तीन/चार दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ। बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *