गाउँपालिका अध्यक्ष दम्पति मध्यराति विप्लव समूहको अपहरणमा

डिसी नेपाल
६ पुष २०७६ १०:०४

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही अपहरणमा परेका छन्।

शनिबार मध्यराति सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाहीलाई अपहरण गरेको शाहीका आफन्त नमन शाहीले डिसी नेपाललाई बताए ।

अध्यक्ष शाही पत्नी स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत हुन्।

उनका अनुसार, दैलेखको सदरमुकामबाट पश्चिम बिकटमा पर्ने सो गाउँपालिकाका अध्यक्षसँग केही समयअगाडि विप्लव समुहका कार्यकर्ताले चन्दा मागेको र नदिएको भन्दै अपहरण गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *