क्यानडा निवासी पदमले ल्याए ‘कहिँ कतै तिम्रो’ [भिडियो]

डिसी नेपाल
८ पुष २०७६ १०:२०

काठमाडौं। गायक पदम भट्टराईको स्वरमा रहेको ‘कहिँ कतै तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ। गणेश न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा विक्रम कार्कीको एरेञ्ज छ।

काठमाडौंका विभिन्न स्थानमा खिचिएको गीतको भिडियोमा गायक भट्टराई स्वयं फिचर्ड छन्। उनीसँगै मोडल सोनिका केसी भिडियोमा देखिएकी छिन्।

गायक भट्टराईको आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको रोमान्टिक थिमको भिडियोको निर्देशन नियोन क्रियशन स्टूडियोले गरेको हो। गीतले पदम र सोनिकाको प्रेम भाव बोल्छ। भिडियोमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गायक भट्टराईले यसपटक आफूले दर्शक तथा स्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए।

क्यानडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहिँ त होला’ बोलको गीत सार्वजनिक गरेका थिए। यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यसपटक पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी छन्। सानैदेखि गीतसंगीतमा रुचि राख्ने उनी चाँडै नयाँ गीत पनि लिएर आउने तयारीमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *