पीपीएल : चितवनका लागि मुस्तफाको अर्धशतक

डिसी नेपाल
८ पुष २०७६ १२:५५

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)मा रोहन मुस्तफाले अर्धशतक प्रहार गरेका छन् । पीपीएल अन्तर्गत लिग चरणमा काठमाडौं गोल्डेन वारियर्सविरुद्ध खेलिरहेको चितवन राइनोजका खेलाडी मुस्तफाले अर्धशतक प्रहार गरेका हुन् ।

टस हारेर ब्याटिङका लागि निम्तो पाएको चितवनका लागि ओपनर हायातले ४७ बलमा ५५ रन बनाएका छन् । अहिले उनलाई अर्का ब्याट्सम्यान आरिफ शेखले साथ दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म चितवन १८ औं ओभरमा २ विकेट गुमाउँदै १ सय ४४ रनमा खेलिरहेको छ ।

चितवनका लागि सुरुवाती ११ मा कप्तान पारस खड्का, रमनरेश गिरी, भुवन कार्की, करन केसी, हरि शंकर साह, मोहम्मद आरिफ शेख, सोनु तामाङ, सन्नी पटेल, रोहन मुस्तफा, बाबर हायात र विकेट किपर अनिलकुमार साह रहेका छन् ।

त्यस्तै काठमाडौंका लागि सुरुवाती ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, प्रिथु बास्कोटा, सुशान भारी, अमर सिंह रौतेला, बसन्त रेग्मी, पवन सर्राफ, अमित श्रेष्ठ, अम्रित भट्टराई, दिपेश भण्डारी, गौरभ तोमार र विकेट किपर जय किशन कोल्सावाला रहेका छन् ।

चार खेल खेलेको चितवन चारै खेलमा जित हाँसिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने चार खेल खेलेको काठमाडौं २ जित र २ हारसहित अंक लालिकाको तेस्रो स्थानमा छ ।

काठमाडौंलाई प्लेअफमा प्रवेश गर्न यो खेल जित्नै पर्ने दवाव छ । भने चितवनले लिग चरणको एक खेल अगाडि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *