भगवान भण्डारीको ‘स्कूल पढ्दा’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
११ पुष २०७६ ९:२४

काठमाडौं। नेपाली लोकदोहोरीको क्षेत्रमा दर्जनौं लोकप्रिय गीत दिएका गायक तथा सर्जक भगवान भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले शुक्रबार ‘स्कूल पढ्दा’बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

भगवान भण्डारीकै शब्द/संगीतमा रहेको गीतमा उनीसंगै देवी घर्ति मगर र रेशम निर्देशले स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन छ।

यो गीतमा स्कूले जिवनको मायाप्रेमको कथालाई स्मरण गरिएको छ। गीतको भिडियोमा सर्जक भगवान स्वयंम र सिर्जना घिमिरेले अभिनय गरेका छन्। वाल कलाकारका रुपमा असिम बराल र कुसुम परियारलाई भिडियोमा देख्न सकिन्छ। प्रकाश भट्टले यस भिडियोको निर्देशन गरेका हुन्।

राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।

गायक तथा सर्जक भण्डारी अहिले परिवारसहित अमेरिका बस्दै आएका छन्। उनका ‘खैरीनीमा गेट’, ‘फुलमा भमरा’, ‘बनमा काँडा छ’, ‘ससुरालीमा’ लगायतका दर्जनौं गीत लोकप्रिय छन्।

भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *