राराका माछा मर्न थालेपछि अनुसन्धानका लागि काठमाडौं पुर्याइयो

डिसी नेपाल
१५ पुष २०७६ १९:५७

मुगु। नेपालको सबैभन्दा ठुलो ताल रारामा एक हप्तादेखि तालमा रहेका माछा मर्न थालेपछि माछा के कसरी मरेका हुनभन्ने बिषयमा टिकाटिप्पणी हुन थालेको छ । माछा मर्नेक्रम जारी भएपछि माछा के कत्ती कारणले मरेका हुन भन्ने बिषयमा जाँचका लागि रारा तालका माछा ललितपुरमा रहेको मत्स्य बिकास माहाशाखा र राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला खुमलटारमा मा पठाइएको रारा राष्टिय निकुञ्जले जनाएको छ।

रारामा माछा मरेका सत्य हो तर कसरी मरे त्यस्को अनुसन्धान भइरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारले बताए। उनका अनुसार नमुना जाँचका लागि राराका माछाको नमुना ललितपुर मत्स्य बिकास माहाशाखा र राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाइएको हो।

प्रयोगशाला मध्ये मत्स्य बिकास माहाशाखाको प्रतिवेदन आइसकेको र त्यसले कुनै पनि रोेग र विषाधिका कारण माछा नमरेका पुष्टि गरेको छ भने अर्को प्रतिवदन आउन बाँकी रहेको संरक्षण अधिकृत भण्डारीको भनाई छ।

यसैबीच रारामा मरेका माछाको वास्तविक कारण के हो भन्ने बिषयमा मंगलबार जिल्लाका सरोकारवाला निकायबीच छलफल भएको छ।

जिल्लामा सञ्चालित स्थानीय रेडियो तथा राष्ट्रिय स्तरमा समाचार प्रकाशन र प्रशारण भएपछि रारा राष्ट्रिय निकुञ्जले यसको सहि तथ्य पत्ता लगाउनका लागि म्मंगलबार तालको किनारमा अनुगमन गरिएको थियो।

छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले तालमा माछा कसरी मरे , यसको सम्बन्धित सरोकारवाला निकायले कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पर्यटन वर्ष २०२० शुभारम्भ कार्यक्रममा २० लाख पर्यटक भित्रयाउने लक्ष्य रहेको बताए। कार्यक्रमका सभाध्यक्ष पुर्ण बहादुर रोकायाले तालमा माछाको मात्र नभएर पानीको नमुना परिक्षण गरिनुपर्ने बताए । जिल्लाप्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले पर्यटकहरुलाई शान्ति सुरक्षा दिनका लागि पर्यटन प्रहरीको व्यवस्था गरिएको खण्डमा रारामा आएका पर्यटकलाई आवश्यक सुरक्षामा टेवा पुग्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *