‘यो कुरा गोप्य’पछि प्रमोदसँग नाजिर र एलिशाको सहकार्य

डिसी नेपाल
१६ पुष २०७६ १९:३१

काठमाडौं। गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक गरिएको छ।

बुधबार ’लुकी लुकी चोरी चोरी’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा तारा अधिकारीको शब्द तथा रमेश कडरियाको संगीत रहेको छ।

शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राई फिचर्ड छन्। प्रमोदको गीतमा नाजिर र एलिशाको यो दोस्रो सहकार्य हो। उनीहरुले यसअघि ‘यो कुरा गोप्य’ बोलको गीतमा एकसाथ काम गरेका थिए। उक्त गीत निकै हिट भएको थियो।

‘लुकी लुकी चोरी चोरी’ बोलको गीतलाई अनिल के. मानन्धरले खिचेका हुन् भने कमल प्रसाईंले ड्रोन चलाएका छन्। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोलाई दीपा सिटौला थापाले निर्माण गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *