नेकपाले चयन गर्यो राष्ट्रियसभा उम्मेद्वार, नारायणकाजी र बेदुराम भुसाल पनि उम्मेद्वार

डिसी नेपाल
१८ पुष २०७६ ११:५१

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताए। नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको हो। निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उनले बताए।

प्रवक्ता श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो। त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पाश्वान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ।

त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा विसि (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको श्रेष्ठले बताए।

नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ। एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा ) राष्टिपतिले मनोनयन गर्नेछिन्। माघ ९ गते १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *