राष्ट्रियसभा निर्वाचनमा काँग्रेस र समाजवादीबीच तालमेल गर्ने सहमति

डिसी नेपाल
१८ पुष २०७६ २१:४३

काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा दुई प्रतिपक्षी दल काँग्रेस र समाजवादीबीच् चुनावी तालमेल हुने भएको छ। शुक्रबार दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो।

दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा गर्ने सहमति भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। सहमतिअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ। प्रदेश नम्बर २ बाट राष्ट्रिय सभामा ४ पदका लागि चुनाव हुँदैछ।

सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

यसअघि नै सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच पनि चुनावी तालमेल गर्ने सहमति भएकाले प्रदेश नम्बर २ मा राष्ट्रिय सभामा दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपाले शुक्रबार आफ्नो १६ जना उम्मेदवारको टुंगो लगाए पनि अन्य दलले भने उम्मेदवारको टुंगो लगाएका छैनन्। आइतबार उम्मेदवारको मनोनयन दर्ताको कार्यकातालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *