सभापति देउवा सुण्डमुसुन्डसँग डराएको आरोप !

डिसी नेपाल
१९ पुष २०७६ ११:०२

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले पार्टी सभापति शेर बहादुर देउवा सुण्डमुसुन्डसँग डराएको आरोप लगाएका छन् ।

लामो समयदेखि पार्टीमा आन्तरिक द्वन्द चलिरहेका बेला भण्डारीले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टी सभापति देउवा सुण्डमुन्डसँग डराएर सिङ्गो पार्टीको नभइ सानो उपगुटको नेता बनेको आरोप लगाएका हुन्।

नेता भण्डारीले लेखेका छन्, ‘पार्टी सभापती ज्यूले सिंगो पार्टीको प्रतिनिधित्व गर्नु पर्दथ्यो । आफैँमा वेमेल भएको सानो उपगुटले कहाँसम्म लैजाने हो ? देश अप्ठ्यारोमा छ । अप्ठ्यारो समयमा निकाश दिने नेतृत्व आजसम्म काँग्रेसले नै गरेको थियो ।’

‘भुलेर होकी, सुण्डमुसुण्डसँग डराएर हो भन्न मिलेन । आजसम्म राष्ट्रको नेतृत्व गरेका उमेरले बोलाई रहेका नेताहरुको स्वार्थ देश भन्दा अरु नहुनु पर्ने १११ वरीपरीका सबैले घर गाडी घोडा जोडी सकेका छन् उनीहरुको चिन्ता किन लिनु ? उनीहरुलाई निर्वाचन जित्न किन पर्यो र अरुलाई हराए पुगी हालो नी १११ यो नेपालका सबै राजनीति पार्टीका नेतृत्व र वरीपरिका सुण्डमुण्डहरु को सस्कृती बनिसकेको छ । अब के गर्ने ?’ उनले स्टाट्समा लेखेका छन्।

दिनप्रतिदिन आन्तरिक कलहमा फँस्दै गएको काँग्रेस पौडेल पक्षको विरोधका बाबजुद पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै पानी बाराबारको अवस्थामा पुगेको छ ।

सभापति देउवासहित बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले आगामी २०७७ साल फागुन ७ देखि ११ गतेसम्म १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामै बसेको संस्थापन इतरको बैठकले देउवापक्षले बहुमतका आधारमा गरेको १४ औँ अधिवेशन गर्ने निर्णय नसच्याय पुस २१ गते जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *