तीनै तहका सरकारबीच समन्वय आवश्यक
दमक । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताएका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अवस्थाबारे शनिबार झापाको दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, “ मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ ।”
मन्त्री गुरुङले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सशक्तीकरणका लागि राज्य पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासमा मात्र नभई सरकारले मानवीय सशक्तीकरणमा पनि जुटेको बताए ।
उनले मानवीय सशक्तीकरणअन्तर्गत प्रदेश नं १ बाट सडक बालबालिका मुक्त पार्न शुरु गरिएको अभियान देशैभरी विस्तार हुने छ भने । मन्त्रालयका सचिव चन्द्र घिमिरेले दिगो विकासको लक्ष्य प्राप्तिका लागि मानवीय क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा नगरपालिकाले गर्दै आएका कार्यक्रमका बारेमा जानकारी गराए।







डिसी नेपाल







Facebook Comment