सार्वजनिक बिदाको दिन चलाएका ८ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा

डिसी नेपाल
१९ पुष २०७६ २३:०१

लहान । सार्वजनिक बिदाको दिन चलाएको भन्दै प्रहरीले शनिबार जिल्लाको विभिन्न स्थानबाट आठ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन वितरण गरिने ‘पास’ नलिई चलाएको भन्दै प्रहरीले विभिन्न स्थानीय तहका आठ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको मोटरसाइकल चलाउने कार्यालयका कर्मचारीलाई प्रथम पटक चेतावनी दिई अब उप्रान्त जिल्ला प्रशासन कार्यालयको पास विना सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउने सर्तमा साँझ छाडिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको व्यापक दुरुपयोग भइरहेको जनगुनासो पश्चात सरकारी सवारीसाधनको प्रयोगमा कडाइ गरिएको प्रहरी उपरीक्षक चतुर्बेदीले बताए ।

यस्तै प्रहरीले आजै प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित लहान नगरपालिका–३ का २० वर्षीय गोपिन्द्र कामैत र २२ वर्षीय चन्दन चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट लागुऔषध फेनरागन १० एम्पुल, नोर्फिन ११ एम्पुल, डाइजील्याव ११ एम्पुल बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *