‘मलंग’ को नयाँ पोस्टर : आदित्यको काँधका चढेर दिशाले किस गरेपछि…

डिसी नेपाल
२० पुष २०७६ ८:३९

मुम्बई। फिल्म ‘मलंग’ को नयाँ पोस्ट सार्वजनिक भएको छ। यो पोस्टरको लिडमा अभिनेत्री दिशा पाटनी आफ्नो को–स्टार आदित्य राय कपुरको काँधमा बसेर चुम्बन गर्दै गरेको देखिन्छ।

यसअघि फिल्मको पूरै स्टारकास्टको फस्र्ट लुक जारी गरिएको थियो। जसमा दिशाको लुक निकै ग्ल्यामरस थियो। पोस्टरमा आदित्य राय कपुर आफ्नो कसिलो शरीर देखिएको थियो।


फिल्ममा अनिल कपुर, कुणाल खेमू पनि देखिने छन्। फिल्म ‘मलंग’ लाई भुषण कुमार, कृष्ण कुमार, लव कुमार रंजन, अंकुर गर्ग र जय शेवक्रमणीले फिल्म निर्माण गरेका हुन्। मोहित सुरीले यो फिल्मको निर्देशन गरेका छन्।

फिल्मका लागि दिशा र आदित्यले एक अण्डरवाटर किसिङ सीक्वेंस सुट गरिएको थियो जुन एक मिनेटको थियो। यो अण्डरवाटर किसिङ सीक्वेंसको तयारीका लागि निर्देशक मोहित सुरीले शुटिङ भन्दा पहिला दुवै कलाकारलाई तयारीका लागिदुई दिनको समय दिएका थिए। यो सीक्वेंसमा दिशा र आदित्य कम्तिमा पनि एक मिनेटसम्म पानीको तल बस्नुपर्थे थियो, त्यसका लागि सास रोक्ने क्षमता बलियो बनाउन यसो गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *