आजदेखि मौसममा सुधार, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा घाम लाग्ने

डिसी नेपाल
२० पुष २०७६ १०:२६

काठमाडौँ । शुक्रबारदेखि आएको मौसम परिवर्तन आजदेखि सुधार आउने भएको छ ।

पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आज र भोलि देशभरकै मौसम सामान्यतया सफा हुने र घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले काठमाडौँ लगायतका क्षत्रेमा कुहिरो हट्दै गएर घाम लाग्न थालेको छ। सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा रहने छ।

आज आइतबार बिहान काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

यस्तो छ तीनदिने मौसम पूर्वानुमान तालिका

पौष २० गते (आइतबार)

दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार)

दिउँसो : देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २२ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ | देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *