नेपाली क्रिकेट खेलाडीको केन्द्रीय अनुबन्धन परिमार्जन गर्दै क्यान
file pic
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ल खेलाडीहरुको केन्द्रीय अनुबन्धन परिमार्जन गर्ने तयारी गरेको छ। क्यानको सोमबार बसेको बैठकमा यो विषयमा छलफल भएको एक सदस्यले डिसी नेपाललाई जानकारी दिए। उनले २४ जना खेलाडीलाई ३ बर्गमा विभाजन गरेर केन्द्रीय अनुबन्ध गरिने जनाए। अनुबन्धनको वर्गीकरणअनुसार खेलाडीको मासिक पारिश्रमिक तोकिने उनले बताए।
क्यानको सोमबारको बैठकले आईसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण पोखरामा गर्ने निर्णय गरेको छ। यही पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्षण शुरु गर्ने निर्णय गरिएको क्यान सदस्यले जानकारी दिए। क्यानले बन्द प्रशिक्षणका लागि २४ जनालाई पहिलो चरणमा बोलाउने भएको छ । बन्द प्रशिक्षणका लागि क्यानले नै अेलाडी छनौट गर्ने जनाइएको छ। देश बाहिर रहेका प्रमुख प्रशिक्षक यही पुस २४ गते नेपाल आइपुग्ने जनाइएको छ।
पोखरामा विश्व क्रिकेट २ को तयारीका लागि नेपालले मलेसिया ११सँग २ वटा एकदिवसीय र २ वटा टि ट्वान्टी खेल खेल्ने जनाइएको छ।
यस्तै बैठकमा क्यानको वार्षिक क्यालेन्डरमा पनि छलफल भएको छ। प्रतियोगिता समितीका संयोजक प्रशान्त मल्लले क्यानको प्रतियोगिताको क्यालेन्डर बैठकमा राखेको थिए।
नेपाल, ओमान र अमेरिकाबीच हुने विश्व क्रिकेट २ त्रिकोणात्मक श्रृंखला फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment