भीमफेदीमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु

डिसी नेपाल
२५ पुष २०७६ ९:२६

हटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुमध्ये एक जना गम्भीर घाइते भएका छन्।

उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.