पाल्पाबाट पोखरा जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २५ जना घाईते

डिसी नेपाल
२५ पुष २०७६ १२:४७

दमौली । तनहुँको मानपुर नजिक अर्चलकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

उक्त बस दुर्घटनामा परी २५ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पाल्पाको रामपुरबाट भिमाद हुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु प्रहरीले जनाएको छ ।

घाईतेहरुको पोखरा स्थित मनिपाल शिक्षण अस्पताल र केहीको भिमादका स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.