उपसभामुख तुम्बाहाम्फेको राजीनामा माग्ने नेकपाको निर्णय
फाइल फाेटाे
काठमाडौं। सत्तारुढ दल नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको हो।
सभामुखको उम्मेदवार भने टुंगो लाग्न नसकेको बताइएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार आरोप लागेपछि गएको असोज १३ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको सभामुख पदका निर्वाचनका लागि आइतबारबाट प्रतिनिधिसभामा प्रक्रिया शुरु गरिने बताइएको थियो। तर, नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि आइतबार यो प्रक्रिया शुरु हुनेमा पनि आशंका बढेको छ।
संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने भएकाले नेकपाले सभामुख आफ्नो पार्टीबाटै बनाउन उपसभामुख तुम्बाहाम्फेको राजीनामा मागेको हो।
तर, उनले राजीनामा दिने वा नदिने भन्ने विषयमा भने केही प्रतिक्रिया आइसकेको छैन। शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा तुम्बाहाम्फेले आफुलाई सभामुख बनाउने भएमात्र उपसभामुखबाट राजीनामा दिने बताएको जनाइएको थियो।
No ads found for this position

डिसी नेपाल
कामरेड साथीहरु :- ” जनकपुर प्रदेश ” को नाम किन बिहार को भाषा संग मिलाएर राखेको ??? ” जनकपुर प्रदेश ” राखन नदिएको , प्रचंडे र बाबूराम ले हो। (१) प्रचंडे , मुर्दाबाद ! प्रचंडे हत्त्यारो !!! बाबूराम मुर्दाबाद , बाबूराम हत्यारो ! !! (२) प्रचंडे , नेपाल छोड् ! बाबूराम नेपाल छोड् !!! (३) प्रचंडेलाई , मारदे ! प्रचंडेलाई मारदे !!! बाबूरामलाई मारदे ! बाबूरामलाई मारदे !!! मारदे , मारदे। तिनीहरुको परिबारलाई मारदे !!!