निर्वाचन आचारसंहिता आजदेखि लागू
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न÷गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ ।
उक्त आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धित व्यक्तिका हकमा समेत उक्त आचारसंहिता लागू हुनेछ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment