पोर्चुगलको समुन्द्रमा माछा मार्न गएका दुई नेपाली दाजुभाइको छालले तान्दा मृत्यु 

डिसी नेपाल
२८ पुष २०७६ २०:४१

लिस्बन । पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपाली दाजुभाईको मृत्यु भएको छ । राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबाको छालले तान्दा डुबेर मृत्यु भएको हो ।

आइतबार कास्काइसको ‘बोका दि इन्फेर्नो’ भन्ने सामुन्द्रिक तटमा माछा मारिरहेका उनीहरूलाई छालले तानेर बगाएको थियो । निषेधित क्षेत्रमा गएर माछा मारिरहेका उनीहरूमध्ये पहिला दाजुलाई बगाएको र भाइले बचाउन खोज्दा भाइलाई पनि छालले तानेर लगेको अनुमान गरिएको छ ।

उनीहरूलाई छालले तानेर बगाएको त्यहाँ छाल हेर्न गएकाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै सामुद्रिक प्रहरीले  खोजी गरेर उद्धार गर्न सफल भएपनि उनीहरूको मृत्यु भइसकेको थियो । काइस्काइको बोका दि इन्फेर्नो जसलाई पोर्चुगलवासीले नर्कको मुख भन्ने गर्छन। गत शुक्रबार मृतक दाजुभाइले  माछा मार्ने लाइसेन्स र माछा मार्दा प्रयोग हुने सुरक्षा ज्याकेट किनेर आएको बताइएको छ ।

मृतक दाजुभाइले कासकाइसमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दे आएका थिए । उनीहरु ८ महिनाअघि डेनमार्कबाट पोर्चुगल आएको बुझिएको छ ।

उनीहरुको शब काइस्काइसको अस्पतालमा अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *