उपचारका लागि दिल्ली गएका पौडेल राजनीतिक भेटघाटमा
काठमाडौं। गएको शनिबार उपचार गर्न भन्दै भारत गएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।
दिल्लीमा बुधबार पौडेलले भारतीय सत्तारुढ दल भाजपाका पूर्व अध्यक्ष तथा वर्तमान रक्षामन्त्री राजनाथ सिंहसँग भेट वार्ता गरेका छन्।
पौडेल आफैले सामाजिक सञ्जाल फेसबुकमा भेटघाटको तस्वीर राख्दै मन्त्री सिंहसँग नेपाल र भारतको वर्तमान राजनीतिबारे छलफल भएको बताएका छन्।
तर, उनीहरुबीच अरु के के कुरामा छलफल भयो भन्ने विषय भने खुलेको छैन।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment