ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२ माघ २०७६ ८:१८

भरतपुर। ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ। हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.