यी चर्चित गायिकासँग बिहे गर्दैछन् आदित्यनारायण झा, बिहे कहिले हुने ?

डिसी नेपाल
३ माघ २०७६ ९:५७

मुम्बइ। ​टीभी रियालिटी सो ‘इन्डियन आइडल-११’को सेटमा गायिका नेहा कक्कड र प्रस्तोता आदित्यनारायण झाको विवाह तय भएको छ। आदित्य नेपाली गायक उदितनारायण झाका छोरा हुन्।

आइडलको एक एपिसोड छायांकनका क्रममा दुवैका आमाबुवा पुगेर दुवैको विवाह पक्का गरेका हुन्। दुवैका आमाबुवा सोमा अतिथिका रूपमा पुगेका थिए। सोमा एक्कासी आफ्नी आमालाई देखेर नेहा छक्क परिन् भने आदित्य खुसी हुँदै नाच्न थाले।

आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’नेहा र आदित्यको विवाह साँच्चै हुन्छ या यो रिल लाइफ ड्रामा मात्रै हो, यो भने आउने समयले नै बताउने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *