राप्रपाको केन्द्रीय कार्य समितिको पूर्ण बैठक काठमाडौँमा बस्ने
फाइल तस्बीर
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौँमा बस्ने भएको छ।
आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ जानकारी दिए।
प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन प्रस्तुत गर्नु हुने छ भने बैठकमा सहभागी नेताले राजनीतिक प्रतिवेदन टिप्पणी, सुझाव परिमार्जन गरिने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment